कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

0
25

चितवन । कोरोना संक्रमित रौतहटकी एक महिलाको आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।

रौतहटको चपुर नगरपालिका वडा नं ५ बस्ने ५१ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।