रत्ननगर तेक्वान्दो डोजाङ्गको अध्यक्षमा बराल

0
978

चितवन । रत्ननगर तेक्वान्दो डोजाङ्ग समिति गठन गरिएको छ । आज रत्ननगरमा भएको सिनियर खेलाडीहरुको भेलाले सिलन बरालको अध्यक्षता रत्ननगर तेक्वान्दो डोजाङ्ग समिति गठन गरिएको हो । जस्को उपाध्यक्षमा लक्ष्मण परियार ,सचीवमा प्रसङ्ग कायस्थ, कोषाध्यक्षमा नबिना खनिया, सह सचीवमा रोशनी लिम्बू र सदस्यहरुमा सन्जय तामाङ्ग, शर्मिला तामाङ्ग, कृष्ण ब। सिकडान , रोहित तामाङ्ग, अमृत श्रेष्ठ र मनिला तामाङ्ग रहने गरि ११ सदस्यीय तदर्थ समिति गठन गरेको अध्यक्ष बरालले जानकारी दिनु भएको छ ।

अध्यक्ष वरालले युवाहरूलाई खेलकुदको माध्यम बाट स्वच्छ र अनुशासित खेलाडी उत्पादन गर्ने उद्धेश्य लिइ रत्ननगर तेक्वान्दो दोजाङ्गको स्थापना गरि डोजाङ्गले जिल्ला प्रदेश र राष्ट्रिय प्रतियोगिताहरु गराउदै राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादन गरि रत्ननगरलाई खेलको माध्यमवाट राष्ट्रिय स्तर सम्म चिनाउने काम समेत गर्दै तेक्वान्दो खेलको बिकास र बिस्तारका लागि रत्ननगर तेक्वान्दो डोजाङ्ग नया योजनको साथ लाग्ने वताउनु भएको छ ।

आजै सल्लाकार समिति समेत निमार्ण गरिएको छ । जस्मा रत्ननगर नगरपालिका वडा नम्वर ४का अध्यक्ष रबिन्द्र चौधरी , रत्ननगर नगरपालिका वडा नम्वर १का अध्यक्ष शंकर सिं तामाङ्ग ,समाजसेवी हरि अधिकारि, रन्जित ढकाल , तोया खनाल रहनु भएको छ ।

आज भएको भेला रत्ननगर तेक्वान्दो डोजाङ्गका संस्थापक प्रमुख, चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका संस्थापक अध्यक्ष, सिनियर तेक्वान्दो प्रशिक्षक तथा तेक्वान्दोका अन्तरास्ट्रिय निर्णायक पुष्पराज जोशीे संरक्षक रहने गरि भेला सम्पन्न भएको अध्यक्ष बरालले वताए ।