घरभाडा छुट दिन खैरहनीका व्यवसायीको माग

0
241

चितवन । चितवन पर्साका व्यवसायीले घरभाडा छुट माग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गत चैत्र ११ गतेदेखिको लकडाउनले व्यवसाय बन्द हुँदा ठूलो घाटा परेको भन्दै सम्बन्धित घरबेटीसँग घरभाडा छुटको माग गरेका हुन ।

चितवन खैरहनी पर्सामा रहेको उद्योग वाणिज्य संघ खैरहनीले शनिबार विज्ञप्ति जारी गरी  घरधनीहरुसँग घरभाडा छुट दिन आग्रह गरेका हो । व्यवसायीहरुले कम्तीमा पनि एक महिनाको घरभाडा छुट दिन माग गरेका छन् । संघका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमार्फत घरभाडा छुट दिन घरधनीहरुलाई आग्रह गरिएको छ ।