कैलालीका ५० वर्षीय कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

0
14

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज भरतपुर अस्पतालको कोभिड(१९ आइसीयूमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार राति भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । फोक्सोको क्यान्सर भएका ती पुरुषको स्वास्थ्य अवस्था शुक्रबार देखि जटिल भएको थियो । उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।