रत्ननगर ९ मोहनामा सरसफाई कार्यक्रम सम्पन्न

0
145

रत्ननगर । रत्ननगर ९ मोहनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्थापना कालदेखिनै सरसफाईलाई विशेष ध्यान दिदै आएको सामाजिक संस्था मिलिजुली सहयोगी समुहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

समुहले प्रत्यक महिना नियमित सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको भएता पनि लकडाउन सुरु भएसंगै रोकिएको सरसफाई कार्यक्रमलाई आज वाट निरन्तरता दिईएको समुहका अध्यक्ष पुनाराम शर्मा (विष्णु)ले वताए ।

केरोना भाईरस (कोभिड १९) को प्रकोप देखा परेको यो समयमा सरसफाईले पनि रोकथाममा केहि सहयोग पुग्ने समुहका सचिव धनन्जय शर्माले वताए । समुह पछिल्लो पटक समाजिक कार्यमा सक्रिय भुमिका निर्वाह गर्दै आएको छ ।