कर वुझाउने म्याद असार ७ गतेसम्म थप

0
104

काठमाडौं । सरकारले कर बुझाउने समयसीमा थप गरेको छ। आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना प्रकाशित गरेको थियो। लकडाउनले समयमा व्यवसाय वन्द अवस्थामा रहेको बेला सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो।