दंगा र लुटपाट रोक्न अमेरिकामा सेना परिचालन गर्ने

0
76
WASHINGTON, DC - OCTOBER 30: U.S. President Donald Trump delivers remarks during the Medal of Honor ceremony for Army Master Sgt. Matthew Williams in the East Room of the White House October 30, 2019 in Washington, DC. Serving with Special Forces Operational Detachment Alpha in Afghanistan's Shok Valley in 2008, Williams repeatedly risked his life to evacuate four wounded teammates and lead counterassaults after they were pinned down by enemy fire during a mission to capture or kill high-value targets. (Photo by Chip Somodevilla/Getty Images)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भैरहेको दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने बताएका छन् ।

गत सोमबार प्रहरी हिरासतमा एक जना निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएको हिंसात्मकहरु प्रर्दशनहरु भैरहेका छन् ।

टेलिभिजन मार्फत सम्बोधन गर्दै ट्रम्पले एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको टिप्पणी गरे ।

देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई उनले आह्वान समेत गरे ।

यता न्यूयोर्कमा कर्फ्यू घोषणा गरिएको छ । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन ्।

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन् ।

पहिला गरिएको परीक्षणमा भने अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो ।

एक साताअघि भाइरल भएको भिडिओमा एकजना श्वेत प्रहरीले फ्लोइडले ‘सास फेर्न गाह्रो भयो’ भनेर अनुरोध गर्दा पनि गर्दनमा निरन्तर घुँडाले थिचिरहेको देखिन्छ ।

यसपछि हत्याको विरोध र न्याय माग्दै भएको प्रदर्शनले अमेरिका अशान्त बनेको छ । एजेन्सी