भारतबाट मजदुरी गरेर नेपाल फर्केका १५ जनामा कोरोना संक्रमिण

0
12

सर्लाही । सर्लाहीको दुई स्थानीय तहमा आज बिहान १५ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो पुष्टि भएसगै जिल्लामा संक्रमितको संख्या २० पुगेको छ ।

गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरी १५ जनामा शुक्रवार आज संक्रमण पुष्टि भएको हो । भारतबाट मजदुरी गरेर नेपाल फर्केका मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनु भएको छ । उनीहरु केही दिनअघि भारतबाट मजदुरी गरेर फर्केका थिए ।