सगरमाथा मोवाईल पसल गएराति चोरी

0
13

चितवन । पूर्वी चितवनको सौराहाचोकमा रहेको सगरमाथा मोवाईल पसल गएराति चोरी भएको छ । चोरले नयाँ र पुराना गरि करिब ५५ ६० वटा मोबाईल सहित नगद र रिचार्ज कार्ड चोरेको सगरमाथा मोबाईलका सञ्चालक शंकर पौडेलले जानकारी दिए । मर्मतका लागि आएका एप्पलको आईफोनहरु सबै चोरी भएका छन् । चोरले करिब २० लाख बराबरको सामान चोरी गरेको पौडेलको भनाई छ ।

सिसि क्यामेरामा चोर कैद भएका छन् । अन्दाजी १९ बर्षका जस्ता देखिने तराईमुलका उक्त चोरले सटरको माथिल्लो भाग भाग बाट प्रवेश गरि जिप्सन काटेर पसलमा छिरेर करिब १ घन्टाको समय बिताएर छानी छानी सामान चोरी गरेको सिसि क्यामेरामा देख्न सकिन्छ ।

रत्ननगरमा चोरिको घटना बढ्नु गम्भीर भएको साथै चोरी नियन्त्रणका लागि रत्ननगर प्रहरीले विशेष अप्रेशन थालिसकेको बताउदै यस घटना बारेमा अनुसन्धान तीव्र पारेको इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी रवीन कार्कीले बताए ।