‘लकडाउन’बारे निणर्य गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

0
78

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज सांझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिनेछ गर्ने छ । देशभर कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ । अहिले जारी लकडाउन भोलिदेखि सकिदैंछ।

त्यस्तै, लकडाउनको निरन्तरता र मोडालिटि परिवर्तनबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक आजै दिउँसो दुई बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको छ ।