हात्ती तथा जीप बूकिङ सेन्टरका कर्मचारीलाई राहात सामाग्री हस्तान्तरण

0
116

रत्ननगर । सौराहा हात्ती तथा जीप बूकिङ सेन्टरले आफ्ना कर्मचारीहरुलाई राहत सामाग्री प्रदान गरेको छ । कोरोना भाइरस (COVID19) को बिश्व महामारीका कारण लकडाउन थपिदै जादा खाद्यान्न जोहो गर्न धौधौ भएकोले २८ जना कर्मचारीहरुको दैनिक छाक टार्न राहत बितरण गरिएको हो ।

कोरोना महामारीको अवस्थामा कोहिपनि भोकै बस्न नपरोस भन्ने उदेश्यले राहतस्वरुप २८ जना कर्मचारीलाई जनही ३० केजी चामल, १० केजी आलु र १ प्याकेट नुन हस्तान्तरण गरिएको सौराहा हात्ती तथा जीप बूकिङ सेन्टरका सचिव राममणि खनालले बताए ।

राहात सामाग्री संस्थाका अध्यक्ष त्रिलौक्य चित्रकार र सचिव खनालले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।