आदरणीय शिर्ष नेतागण बाटो छोड्नुस ! हे युवा पार्टी र देशनिर्माण मा अघि बढनुस !!

0
180

चितवन । सतरी बर्ष भन्दा लामो इतिहास बनाएर दुई तिहाई मत प्राप्त गर्दा पनि सरकारले जनताको चित बुझ्ने गरि काम गर्न नस्क्दा नेकपाका नेताकार्यकर्ताको लागि आत्मग्लानी बोध भइरहेछ ! यस्तो परिस्थिति हुनुमा नेकपाको अग्रपंक्ति अधिकार प्राप्तिको आन्दोलनमा अव्वल सावित हुँदा हुदै पनि सत्ता सन्चालनमा अत्यन्त कमजोर र आफैले जनता लाई देखाएको समाजबाद बाटे समृद्धिको सपनाहरू पुरगर्ने इच्छा शक्ति नभए झै , आत्म अनुशासन कायम गर्न नस्क्ने लम्पट र हिजो का सामन्तहरुको जीवनशैली नक्कल गर्ने नवसामन्त वा प्रतिगामी रुपान्तरणको खतरा देखिँएको छ ! नेतृत्वको स्खलनले समृद्धिको आम सपना तुहिदै गइरहेको अभाष शुभचिन्तक समर्थकमा परिरहेछ ! यो अवस्था मा वर्तमान नेतृत्वले जनताको गुनासो ध्यनपुर्वक सुन्ने र सरलीकरण गर्ने र हल गर्नेतागत अब शीर्ष नेताहरुको बर्तमान अभ्यासले देखाउदैन ! त्यसैले यो पार्टी र कम्युनिस्ट आन्दोलनको वर्तमान कार्यभार अब युवा नेतृत्व वा भनौ सेकेन्ड लाइनमा भएका कमरेडहरुले काध हाल्ने समय अब आइसक्यो !
हाम्रो पार्टी मुलुक कै दुई ठुला कम्युनिस्ट पार्टी मिलेर एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ । यससँगै नेकपालाई आफ्नो नेतृत्वमा कस्तो समाज बनाउने, कस्तो राजनीतिक संस्कृति निर्माण गर्ने, सुशासन कसरी स्थापित गर्ने, सामाजिक न्यायको अनुभूति जनतालाई कसरी दिने, पराधीनताको जालो कसरी काट्ने, सबल राष्ट्रिय अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने सवालमा आफ्ना नारालाई व्यवहारमा उतार्ने महत्वपूर्ण अवसर प्राप्त भएको छ ।

नेपालको पछिल्लो ३० वर्षको राजनीतिक इतिहास अनेक उतारचढावसहित मूलतः संसदीय राजनीतिक दलहरूले भित्र्याएको विकृति र भ्रष्टाचारको पर्याय बनेर बित्यो । त्यसको आरम्भ कांग्रेस, खासगरी शेरबहादुर देउवाले गरेको भए पनि ०५३ पछि तत्कालीन एमाले पनि यसको एउटा कर्ता रहिआएकै थियो ! अनि नेकपा अर्को हिस्सा तात्कालिक माओवादी यी सबै विकृती विरुद्ध सम्झौता हिन संघर्ष भन्दै जनयुद्ध सन्चालन गरेको थियो ! यी सबै अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान ०७२ जारी हुँदा र पछि बनेका केही कानुनले विकृतिका स्रोतमा बिर्को लगाउने प्रयास गरेका छन् । यी सबै विकृतिलाई खाल्डोमा पुरेर अघि बढ्ने र लोकतान्त्रिक पद्धतिको नमुना दिने अवसर पनि नेकपालाई थियो ।

एतिबेला वडा सदस्यदेखि प्रत्येक गाउँ–नगर हुँदै जिल्ला, प्रदेश र केन्द्रमा सरकार सञ्चालन गर्ने जिम्मा जनताले यो पार्टीलाई सुम्पिएका छन् । यो ऐतिहासिक अवसरमा पार्टीलाई जनताको सुख र समृद्धिका लागि कसरी परिचालित गर्ने ? परिवर्तित परिस्थिति अनुसार कस्तो पार्टी निर्माण गर्ने ? संगठनात्मक सवालमा नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता छ ।

कोरोना को विश्व ब्यापी माहा मारी को यो घडीमा एकातिर तलदेखि माथिसम्म पार्टी र पार्टीसम्बद्ध विभिन्न जनवर्गीय र पेसागत संगठनलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु छ भने, आर्कोतिर राम्रो परिणाम हासिल हुने गरी सिंगो राज्य व्यवस्थालाई हाँक्नु छ । पार्टीभित्र सम्पूर्ण शक्तिलाई, योग्य र क्षमतावान्लाई अनेक काममा अधिकतम रूपमा क्रियाशील र गतिशील बनाउनु जरुरी छ । देशभरिका विभिन्न तहका पार्टी कार्यालय र जनवर्गीय संगठनका कार्यालय सञ्चालनका लागि पनि एउटा महत्त्वपूर्ण जनशक्ति केन्द्रित गर्नु छ ।

पार्टी र सरकार सन्चालन को विधि हेर्दा दुनियाँ भर फरक फरक छ,केही सनकी शासक हरु बाहेक अधिकान्स मुलुकमा सरकार र पार्टीको नेतृत्व अलग,अलग देखिन्छ! छिमेकी मुलुक भारतमा मोदि जस्तो अरुको कुरा नसुन्ने ले समेत पार्टी अध्यक्ष दावी गरेका छैनन, जेपि नड्डा बिजेपी का अध्यक्ष छन, सरकार को महत्त्वपूर्ण जिम्मेवार लिएका कोहि पनि पार्टीको कार्यकारी जिम्मेवारी मा छैन्न !
पार्टी मा कोहि बेरोजगार हुने कसैले दोहोरो तेहेरो जिम्मा लिने, दुई अध्यक्षको नजरमा पर्नेले अयोग्य भएपनी जिम्मेवार पद पाउने गुट मा सामेल नहुने निस्पक्ष पार्टी र जनहित मा बोल्ने माथी उल्टो पजनी गर्ने , दुई अध्यक्ष को माहाराज प्रवृती, सचिवालय को भारदारी प्रवृती को अन्त्य गर्न अब स्थाइ समिति का कमरेड हरुको हस्त्क्षेप अत्यन्तै जरुरी र ढिला भैसकेको छ! यो हस्तक्षेप पार्टी लाई गतिशील र कमिटी प्रणाली मा लैजान का निमित्त आवश्यक छ, एक ब्यक्ति एक जिम्मेवारी बनाउने अभ्यास पार्टी नेताकार्यकर्ता शुभचिन्तक समर्थक जनता सबै को हितमा छ! मौका यहि चिज हरु यो भन्दा बिग्रन नदिन पार्टी पङ्ती मा नेतृत्व तहमा युवा हरुलाइ सामेल गर्ने र दायित्व बोध सहितको जिम्मेवारी दिने !

निर्वाचित वडा अध्यक्ष लाई वाड कमिटी को सचिव वा अध्यक्ष को जिम्म नदिने, गाउपालिका प्रमुख वा उपप्रमुख लाई गाउपालिका को पार्टी कमिटी को प्रमुख कार्यकारी पद अध्यक्ष र सचिब नबनाउने, न पा उ नपा को निर्वा्चित पदमा भएको कमरेड हरुले सो जिम्मेवारी अरुलाइ छोड्ने ,प्रदे शभा सदस्य कमरेड हरु जिल्ला इन्चार्ज वा अध्यक्ष सचिव नरहने,संघीय साम्सद ले प्रदेश वा जिल्ला कमिटी को कार्यकारी मुख्य पद मा नरहने, मुख्य मन्त्री , मन्त्री , संघिय सरकार को मन्त्री पार्टी के स वा प्रदेश कमिटी सदस्य हुन पाउने तर पार्टीको कार्यकारी पदमा रहन नमिल्ने , राजनैनिक नियुक्ति लिइ सरकारले खटाएको जिम्मेवारीमा जादा पार्टीको कार्यकारी पद छोडनु पर्ने, अर्थात कुनै पनि कमरेड लाई दोहोरो जिम्मेवारी नहोस् र क्षमता वान कमरेड नेता को अघिपछि नलागेकौ भरमा जिम्मेवारी बिहिन भएर बस्नुपर्ने अहिले को अवस्था को अब अन्त्री जरुरी छ! यहि मौका हो पार्टी मा युवाहरूलाई जिम्मेवारी दिने पुराना कमरेड हरुले अभिभवकत्व लिने नेता कमरेड हरुले आफ्ना कमजोरी उपर निर्मम बहस चलाउने !

मित्रहरू , हाम्रो पार्टी ले आफ्नो प्रधानमन्त्री ओलीलाई नसिहत दियो र अध्यादेश ल्याउनु गलत थियोे भन्ने वाहाले स्विकार्दै फिर्ता लिनु भयो तर अर्काको पार्टी विभाजनका लागि हिँडेका आफ्ना सांसदलाई कारबाहीको दायरामा ल्याइएन भने सरकारले लोकतन्त्र र वर्तमान संविधानप्रति आफ्नो प्रतिबद्धता दाबी गर्ने नैतिक धरातल गुमाउनेछ! एकातिर टेप प्रकरण , ओम्नि प्रकरण आदि को दाग हामी लाई लागि रहेछ,अर्को तिर छिमेकी मुलुक सङ नाकाबन्दी ताका ओलि अडान को आवश्यकता फेरि टड्कारो भएको छ ! कालापानी को पुरानो घाउ जुन पन्चायत देखि काङ्ग्रेस का शासकहरुको अक्र्मन्यता का कारण मुलुक ले बेहोरी रहेछ ! भारत को बेला बेला देखिने बलमिच्याइ र आज सतह मा आएको कालापानी समेत देस का विभिन्न ठाउमा भै रहेको अतिक्रमण को सम्मान जनक निकाश नेकपा को नेतृत्व को सरकारले मात्र दिन स्क्छ भन्ने विस्वास जनमानसमा देखिन्छ ! यो विस्वास मा खरो उत्रिन अब समय सकिएको औसधि झै हुनुभएका आदरणीय सचिवालय का कमरेड हरु बाट सम्भावना छैन, वहाँ हरुको उचित सम्मान गर्ने, सल्लाह लिने तर अब मुख्री भुमिकामस स्थाइ समिति र के स का कमरेड हरुले देस भरी का पार्टीको युवा टिम लाई परिचालन गरेर मात्र सम्भव छ ! चाकरी चाप्लुसी छोडौ ! नेताकार्यकर्ता बिच पार्टी निर्माण र कमिटी प्रणाली को निमित बहस गरौ्! युवा हरुहो अघि लाग्नुस यो मुलुक बनाउने तपाइहरुले नै हो है !!
धन्यवाद !

                           ( कुल प्रसाद भुसाल नेकपा चितवन जिल्ला सदस्य हुन् )