देवचुली अघोषित शिल : हिडडुल गर्न समेत रोक

0
75


देवचुली । पूर्वी नवलपसासीको देवचुली नगरपालिका अधोषित रुपमा शिल गरिएको छ । देवचुलीका एक पुरुषमा कोरोनाको संक्रमण देखिएसँगै देवचुलीलाई पूर्ण रुपमा हिड्डुलमा समेत रोक लगाईएको हो ।
देवचुली नगरभित्रका बैङ्क तथा बित्तिय संस्था, सहकारी सबै बन्द गर्न देवचुली नगरपालिकाले सुचित गरिसकेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।

जेठ १ आज देखि जेठ ५ गते सम्मका लागी नगरपालिकाले सुचना नै प्रकाशित गरी खानेपानी, बित्तियसंस्था लगाएतका सम्पूर्ण संध संस्था बन्द गर्न अनुरोध गरेको छ ।